प्रजातन्त्र सेनानी एवम् नवलपरासी कांग्रेसका संस्थापक सभापति नेपालको निधन | Khabarhub Khabarhub

प्रजातन्त्र सेनानी एवम् नवलपरासी कांग्रेसका संस्थापक सभापति नेपालको निधन


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति रहेका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए ।

“२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उहाँलाई गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।”

उनका एक छोरा, दुई छोरी र दुई श्रीमती छन् । नेपाली कांग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : २४ बजे

उत्तराखण्डको धरालीमा बाढी : करिब एकसय जना बेपत्ता, खोजी कार्य जारी

नयाँदिल्ली– घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा