प्रजातन्त्र सेनानी एवम् नवलपरासी कांग्रेसका संस्थापक सभापति नेपालको निधन « Khabarhub

प्रजातन्त्र सेनानी एवम् नवलपरासी कांग्रेसका संस्थापक सभापति नेपालको निधन


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति रहेका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए ।

“२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उहाँलाई गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।”

उनका एक छोरा, दुई छोरी र दुई श्रीमती छन् । नेपाली कांग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : २४ बजे

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८