उपराष्ट्रपति यादवद्वारा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त « Khabarhub

उपराष्ट्रपति यादवद्वारा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यावदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गरेका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घचघच्याइरहने व्यक्तित्वका रुपमा स्मरण गर्ने बताएका छन् ।

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रुपमा उनले आफूलाई स्थापित गरेको भन्दै शोक सन्देशमा इलाम–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख छ ।

उपराष्ट्रपति यादवले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै  मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ५२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो