वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड खलंगा ४ स्थाई घर भई हाल काठमाडौंको सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार सिनामंगलबाट पक्राउ गरेको हो।

चौधरीले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७२ हजार रकम लिइ सम्पर्क विहीन भएकी थिइन्। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ५० बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक