वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड खलंगा ४ स्थाई घर भई हाल काठमाडौंको सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार सिनामंगलबाट पक्राउ गरेको हो।

चौधरीले वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७२ हजार रकम लिइ सम्पर्क विहीन भएकी थिइन्। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ५० बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा