राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’ « Khabarhub

राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

मुम्बई- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ ।

फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो ।

यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल र तेलुगू संस्करणमा फिल्मले ३४ करोड भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

साथै, ‘जवान’ छोटो समयमै २५० करोड भारु कमाउने पहिलो फिल्म बनेको छ । शाहरुखकै अघिल्लो फिल्म ‘पठान’ले २५० करोड भारु कमाउन पाँच दिन र ‘गदर २’ लाई ६ दिन लागेको थियो ।

तरण आदर्शका अनुसार सोमबार पनि जवानले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने संकेत मिलेको छ । चार दिनमै ‘जवान’ ले विश्व बजारमा ५३१ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘पठान’ पछि शाहरुखको अर्को फिल्मले विश्व बक्स अफिसमा ५०० करोड भारुको सफलता पाएको हो । अमेरिकामा ‘जवान’ ले हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरलाई पनि पछाडि पारेको जनाइएको छ ।

जवानले ८१३ वटा उत्तर अमेरिकी बजारबाट ६।२ मिलियन डलर कमाएको छ । कृष्ण जन्माष्टमीमा रिलिज भएको जवानमा शाहरुखसहित नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतको शीर्ष भूमिका छ । फिल्मलाई एट्लीले निर्देशन गरेका हुन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त