प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरिने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाका लागि दिएको समयमा संयुक्त र एकलरूपमा एकसय ५० संशोधन दर्ता भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन् ।

आजको बैठक प्रतिनिधिसभा, २०७९ को दोस्रो अधिवेशन अन्तर्गत ६२औँ बैठक हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ०६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल