शंख किन बजाइन्छ ? | Khabarhub Khabarhub

शंख किन बजाइन्छ ?


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ ।

हिन्दु धर्ममा शंखलाई धेरै शुभ मानिन्छ । भगवान विष्णु र देवी लक्ष्मी दुवैले  हातमा शंख समातेको तस्वीर देख्न सकिन्छ ।

शंख राखिएको घरमा सुख–समृद्धि आउँछ भन्ने धार्मिक विश्वास छ ।

वास्तुशास्त्रले पनि शंखमा भएका गुणबारे उल्लेख गरेको पाइन्छ । शंखमा यस्ता गुण हुन्छ जसले गर्दा वास्तुसँग सम्बन्धित धेरै समस्याहरू हटेर घरमा सकारात्मक ऊर्जा आउँछ ।

शंखको आवाज जहाँसम्म पुग्छ त्यहाँसम्मको वायु पवित्र र ऊर्जावान् हुन्छ भन्ने मान्यता छ ।

त्यसैले पनि हिन्दु धर्मावलम्बीहरूले नित्य पूजापाठ गरी शंख बनाउने गर्दछन् ।

शास्त्र अनुसार समुन्द्र मथनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउने धार्मिक मान्यता रहेको छ ।

वास्तुशास्त्रका अनुसार नियमित शंखको आवाजले आनन्द मिल्नुका साथै मानसिक तनाव पनि दूर हुने गर्दछ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ४८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय