शंख किन बजाइन्छ ? « Khabarhub

शंख किन बजाइन्छ ?


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ ।

हिन्दु धर्ममा शंखलाई धेरै शुभ मानिन्छ । भगवान विष्णु र देवी लक्ष्मी दुवैले  हातमा शंख समातेको तस्वीर देख्न सकिन्छ ।

शंख राखिएको घरमा सुख–समृद्धि आउँछ भन्ने धार्मिक विश्वास छ ।

वास्तुशास्त्रले पनि शंखमा भएका गुणबारे उल्लेख गरेको पाइन्छ । शंखमा यस्ता गुण हुन्छ जसले गर्दा वास्तुसँग सम्बन्धित धेरै समस्याहरू हटेर घरमा सकारात्मक ऊर्जा आउँछ ।

शंखको आवाज जहाँसम्म पुग्छ त्यहाँसम्मको वायु पवित्र र ऊर्जावान् हुन्छ भन्ने मान्यता छ ।

त्यसैले पनि हिन्दु धर्मावलम्बीहरूले नित्य पूजापाठ गरी शंख बनाउने गर्दछन् ।

शास्त्र अनुसार समुन्द्र मथनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये एक शंख थियो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउने धार्मिक मान्यता रहेको छ ।

वास्तुशास्त्रका अनुसार नियमित शंखको आवाजले आनन्द मिल्नुका साथै मानसिक तनाव पनि दूर हुने गर्दछ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ४८ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ