वन्यजन्तुबाट पीडित किसानलाई निकुञ्जले राहत दिने « Khabarhub

वन्यजन्तुबाट पीडित किसानलाई निकुञ्जले राहत दिने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रसुवा– वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ ।

यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पुर्‍याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ राहत प्रदान गरिने निकुञ्जले जनाएको छ ।

राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पुर्‍याउने गरेको छ । राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनको भनाइ छ ।

गत वर्ष अन्नबाली तथा चौपाया क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ८ : ०८ बजे

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि