शाहरूखको ‘जवान’ मुम्बईमा सबैभन्दा बढी कमाउने पाँचौँ फिल्म « Khabarhub

शाहरूखको ‘जवान’ मुम्बईमा सबैभन्दा बढी कमाउने पाँचौँ फिल्म


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– धेरै फ्लप फिल्म पछि शाहरुख खानले लगभग एक्लै भारतमा बक्स अफिस कलेक्सनलाई पुनर्जीवित गरेका छन्।

खानले वर्षको सुरुमा ब्लकबस्टर फिल्म ‘पठान’ प्रस्तुत गरेका थिए, त्यसपछि उनको फिल्म ‘जवान’ पाँचौँ हप्तादेखि हलमा चलिरहेको छ र अझै नयाँ रेकर्ड बनाउन छाडेको छैन ।

यो फिल्मले मुम्बई शहरमा मात्रै १३० करोडभन्दा बढीको नेट कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको छ ।  ‘जवान’ मुम्बई बक्स अफिसमा १०० करोड पार गर्ने पाँचौं फिल्म पनि हो ।

‘जवान’ गत सेप्टेम्बर ७ मा सिनेमा घरमा रिलिज भएको थियो। त्यसबेलादेखि नै यो एक्सन–थ्रिलरले बक्स अफिसमा राज गरिरहेको छ ।

एसआरके स्टार फिल्मले भारतमा ८० करोड र विश्वव्यापी रूपमा १२० दशमलव ६  करोड रुपैयाँ कमाएर हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो।

त्यसयता फिल्मले आफ्नो नाममा धेरै नयाँ कीर्तिमान बनाएको छ र ६२० करोडभन्दा बढी कलेक्सन गरेर बलिउडको सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मसमेत बनिसकेको छ ।

यो फिल्म अहिले पाँचौं हप्तामा पुगेको छ र अझै करोडौँको व्यापार गरिरहेको छ ।  

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : ५८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक