रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ, भट्टराई र रेग्मीको पूर्ण इजलासमा | Khabarhub Khabarhub

रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ, भट्टराई र रेग्मीको पूर्ण इजलासमा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई भइरहेको छ ।

रिट सुनुवाइका लागि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी तोकिएको हाे।

रिगलको समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो।

आफ्ना श्रीमानको हत्या आरोपीलाई उन्मुक्ति दिएपछि चेतन पत्नी मानन्धरले सर्वोचमा रिट हालेकी थिइन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै गत बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १२ : २९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार