भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ’, सभापति लामिछानेले भने, ‘नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ । ‘

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  २ : ५५ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन