शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा « Khabarhub

शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन आइपुगेका हुन् ।  

इजराइल र हमासबीच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेशमन्त्रीको आपतकालीन बैठक गर्न प्रेरित गरेको थियो । चीनले सबै पक्षलाई ‘युद्ध बिराम’ गर्न आह्वान गरेको छ । 

बोरलको यो भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुनेछ । इयु–चीन उच्चस्तरीय वार्ताको पछिल्लो शृङ्खलामा यो भ्रमण यस वर्षको अन्त्यमा इयु-चीन शिखर सम्मेलनसँगै सम्पन्न हुनुपर्ने इयुले बताएको छ । 

‘मेरा समकक्षी विदेशमन्त्री वाङ यीसँग इयु-चीन रणनीतिक वार्ताको सह-अध्यक्षता गर्न भर्खरै चीनमा ओर्लिएको छु’, बोरेलले ट्विटरमार्फत भने, ‘सरकारी अधिकारीहरू, विद्वान र व्यावसायिक प्रतिनिधिहरूसँग इयु-चीन सम्बन्ध तथा प्रमुख क्षेत्री र विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न यो भ्रमण महत्वपूर्ण छ ।’

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणपछि इयु र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । उक्त युद्धलाई चीनले भर्त्सना गर्न छाडेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : ४६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई