विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट आठजना लागूऔषधसहित पक्राउ परेका छन् ।

 मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय  मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले बिक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका-७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह-चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको महागढीमाई नगरपालिका-६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । 

साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका-११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ । 

 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ४ : ३१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र