जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव « Khabarhub

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बर्लिन– हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजराइलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।

ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजरायलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएका छन् ।

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताए। ‘अहिले जर्मनीका लागि एउटा मात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजराइलको पक्षमा हो’, उनले सांसदहरूलाई भने, ‘हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेबारीले इजरायलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।’

उनले हालैका दिनमा इजराइलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भने, ‘सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्बिरहरू आए ।’ शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुसियाली प्रदर्शन गरेका थिए ।   

चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताए। हमासलाई युरोपेली युनियनले यसअघि नै आतंककारी समूहको सूचीमा राखेको छ । उनले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिए।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको