चिस्यान केन्द्र निर्माण गर्दै तनहुँका स्थानीय तह | Khabarhub Khabarhub

चिस्यान केन्द्र निर्माण गर्दै तनहुँका स्थानीय तह


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाका स्थानीय तहले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएका छन् । फलफूल र तरकारी खेतीमा पकेट क्षेत्र रहेका पालिकाले चिस्यान केन्द्र निर्माणमा जोड दिएका हुन् । व्यास र शुक्लागण्डकी नगरपालिका एवं म्याग्दे गाउँपालिकामा निर्माणाधीन चिस्यान केन्द्र सञ्चालनको तयारीमा रहेको छ । 

शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । शुक्लागण्डकीको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।  

नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गरेको इन्जिनियर तारापति भट्टराईले जानकारी दिए। चिस्यान केन्द्र नहुँदा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि लामो दूरी र महँगो शुल्क तिर्नुपर्ने भएकाले चिस्यान केन्द्र निर्माण गरिएको उनले बताए। 

करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरिएको  हो । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने छ । ‘भवन बनिसकेको छ, निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ’, इन्जिनियर भट्टराईले भने।

उत्पादन भएका आलु र सुन्तलाको मूल्य मौसममा सस्तोमा बिक्री गर्नुपर्दा कृषकहरू मर्कामा पर्ने गरेका छन् । शीतभण्डारमा भण्डारण गरिएका कृषि उत्पादन वस्तुलाई बेमौसममा बिक्री गर्न पाउँदा कृषकले राम्रो मूल्य पाउन सक्ने विश्वास गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए । 

एक मौसमभरि कृषकलाई प्रतिकिलो रु सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको उनले जानकारी दिए। त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आर्थिक वर्षदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ ।

व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ  । चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए। 

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको उनले बताए। करिब तीन रोपनी क्षेत्रफलमा एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।

त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरेको छ । दुई सय मेटिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको इन्जिनियर शिव ज्ञवालीले बताए। रु दुई करोडको लागतमा पासा कन्स्ट्रक्सन निर्माण कम्पनीले काम गरिरहेको छ । 

उक्त पालिका सुन्तला र आलुखेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्रमा विद्युत् ट्रान्समिटर जडान बाँकी रहेकाले अन्तिम चरणमा रहेको उनले बताए। 

त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले चार वर्षअघि चिस्यान केन्द्र निर्माणका लागि ठेक्का लगाए पनि निर्माण सुरु नभएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर–१ नाहालामा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अघि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

काम सुरु नगरे कारबाही अघि बढाउन निर्देशन दिएपछि निर्माण अघि बढाउन लागेको उनले बताए। बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा परिचित हुँदै आएको छ । 

त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सहकारीमार्फत सङ्घीय सरकारको अनुदानमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिका मातहत चिस्यान केन्द्र निर्माण नगरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। आँबुखैरेनी गाउँपालिका तरकारी र फलफूल खेतीका लागि पकेट क्षेत्र मानिएको छ । 

स्थानीय तहमा चिस्यान केन्द्र निर्माण भएसँगै उत्पादित तरकारी एवं फलफूल बिक्रीमा सहज हुने कृषकको आशा रहेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । पृथ्वीराजमार्गको पहुँचमा रहेका पालिकाले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ७ : १६ बजे

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै

रातो मछिन्द्रनाथको रथ तान्न सुरू (तस्बिरहरु)

ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन