लागुऔषधसहित आठजना पक्राउ « Khabarhub

लागुऔषधसहित आठजना पक्राउ


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका= ५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका(१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे।७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले विक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका(७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका(१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका(२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना।६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह(चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको महागढीमाई नगरपालिका(६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र।२(०३(०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका(११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १० : १० बजे

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प