जाजरकोट भूकम्पमा गण्डकीको सहयोग जारी | Khabarhub Khabarhub

जाजरकोट भूकम्पमा गण्डकीको सहयोग जारी


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको छ ।

भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपतकालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्यो । 

पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

दुई वडाध्यक्षको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको उद्धार टोली रुकुम पश्चिम र जाजरकोटमा खटिएको थियो । 

महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । 

नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यको १५ दिन बराबरको तलब भूकम्पपीडितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले एक हप्ताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन् ।

बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका स्थानीय तहले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए । जिल्लाबाट सबैभन्दा पहिला बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । ‘विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो, हामीले त्यसैलाई सक्दो रुपमा निभाएका हौँ, भूकम्पपीडितको राहतमा सबैले हातेमालो गरौँ’, उनले भनिन् । 

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ४७ बजे

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी