काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै रियल विजयी भएको हो ।
रियलको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २–२ तथा डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भ्यालेन्सियाका हुगो डुरोले एक गोल फर्काएका थिए ।
यो जितसँगै रियल मड्रिड १३ खेलबाट ३२ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । पराजित भएको भ्यालेन्सिया १८ अंकसहित नवौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको गिरोनाको ३४ अंक छ ।