इजरायल–गाजा युद्धविरामका लागि लण्डनमा विशाल प्रदर्शन | Khabarhub Khabarhub

इजरायल–गाजा युद्धविरामका लागि लण्डनमा विशाल प्रदर्शन


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इजरायल र गाजापट्टी द्वन्द्वमा युद्धविरामको अपिल गर्दै बेलायतको राजधानी लण्डनमा विशाल प्रदर्शन भएको छ ।

लण्डनको मेट्रो पुलिसका अनुसार युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप हुँदा केही प्रहरी घाइते भएको बताइएको छ ।

इजरायलले गाजापट्टीमा स्थल तथा हवाइ हमला जारी राखेको छ । पछिल्लो हमलाले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताल क्षतिग्रस्त भएको छ । 

अस्पतालमा खाद्यान्न, पानी र इन्धनको संकट भएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ५० बजे

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि