महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विक्रम संवत १९६६ साल कात्तिक औँसीका दिन बुबा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मीको साहिँलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

देवकोटाका मुनामदन खण्डकाव्य, शाकुन्तल र प्रमिथस महाकाव्य, लक्ष्मी निबन्ध संग्रह, भिखारी कविता सङ्ग्रहलगायत निकै चर्चित कृति हुन् । 

देवकोटा २०१५ सालमा पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटा जन्मिएको मैतिदेवीको घरलाई सरकारले सङ्ग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

देवकोटाको २०१६ भाद्र २९ गने काठमाडौँको पशुपति आर्यघाटमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ३५ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक