महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै | Khabarhub Khabarhub

महाकवि देवकोटाकाे ११५औँ जन्मजयन्ती मनाइँदै


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विक्रम संवत १९६६ साल कात्तिक औँसीका दिन बुबा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मीको साहिँलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

देवकोटाका मुनामदन खण्डकाव्य, शाकुन्तल र प्रमिथस महाकाव्य, लक्ष्मी निबन्ध संग्रह, भिखारी कविता सङ्ग्रहलगायत निकै चर्चित कृति हुन् । 

देवकोटा २०१५ सालमा पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री समेत भएका थिए । देवकोटा जन्मिएको मैतिदेवीको घरलाई सरकारले सङ्ग्रहालयको रुपमा पुनर्निर्माण गरेको छ ।

देवकोटाको २०१६ भाद्र २९ गने काठमाडौँको पशुपति आर्यघाटमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ३५ बजे

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल