तिहार बिदामा सर्वोच्च अदालत खुला रहने « Khabarhub

तिहार बिदामा सर्वोच्च अदालत खुला रहने


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।

यस्तै, कात्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते  न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ । कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ५० बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज