तिहारमा झिलिमिली हुने गरी किन दियो बालिन्छ ? « Khabarhub

तिहारमा झिलिमिली हुने गरी किन दियो बालिन्छ ?


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दू धर्मावलम्बिहरुको दसैँपछिको दोस्रो ठूलो महान् पर्व हो तिहार । यस वर्षको पनि तिहार सुरु भइसकेको छ ठाँउका सबै ठाउँहरूमा झिलिमिली भइसकेको छ ।

गाउँ सहर चारैतिर अहिले मखमली, सयपत्री, गोदावरी र सुपारीजस्ता फूलहरू मग्मगाउँछन् । तिहार रमाइलो पर्व हो । तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो ।

यस दिनलाई साधरणतया भाइटीका भनिन्छ । भाइटीकामा आफ्ना दिदीबहिनीले दाजुभाइलाई बिहानदेखि निरहार बसेर टीका लगाएर दीर्घायु तथा प्रगतिको कामना गर्ने गर्दछन् ।

साथै, तिहारको अर्को महत्वपूर्ण कुरा भनेको दियो बाल्नु पनि हो । घरको वरपर चारैतिर दियो बालेर निकै आकर्षित बनाएर तिहार मनाइने गरिन्छ ।

शरद ऋतुको आगमनसँगै विस्तारै दिन छोटो र रात लम्बिँदै जान्छ । र, चिसो पनि बढ्दै जान्छ । दसैँको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औँसी नजिक हुँदै जान्छ ।

धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनवास पूरा गरी फर्किँदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो ।

अयोध्यावासीले भगवान् श्रीराम, लक्ष्मण र सीताको आगमनको खुसीयालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेका वर्ष सोही तिथिमा दीपावली गरिएको विश्वास गरिन्छ । यसका साथै कुवेर र माता लक्ष्मिको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ ।

औँसीको रात भनेको कालो रात हो । यस रात दियो जलाउँदा उज्यालो छाउँछ । तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्वपूर्ण छ । त्यसैले तिहारले अन्धकारलाई परास्त गर्दै उज्यालोको यात्रा हो जीवन भन्ने सन्देश दिन्छ तिहारले ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ३ : ०९ बजे

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न