तिहारमा झिलिमिली हुने गरी किन दियो बालिन्छ ? « Khabarhub

तिहारमा झिलिमिली हुने गरी किन दियो बालिन्छ ?


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दू धर्मावलम्बिहरुको दसैँपछिको दोस्रो ठूलो महान् पर्व हो तिहार । यस वर्षको पनि तिहार सुरु भइसकेको छ ठाँउका सबै ठाउँहरूमा झिलिमिली भइसकेको छ ।

गाउँ सहर चारैतिर अहिले मखमली, सयपत्री, गोदावरी र सुपारीजस्ता फूलहरू मग्मगाउँछन् । तिहार रमाइलो पर्व हो । तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो ।

यस दिनलाई साधरणतया भाइटीका भनिन्छ । भाइटीकामा आफ्ना दिदीबहिनीले दाजुभाइलाई बिहानदेखि निरहार बसेर टीका लगाएर दीर्घायु तथा प्रगतिको कामना गर्ने गर्दछन् ।

साथै, तिहारको अर्को महत्वपूर्ण कुरा भनेको दियो बाल्नु पनि हो । घरको वरपर चारैतिर दियो बालेर निकै आकर्षित बनाएर तिहार मनाइने गरिन्छ ।

शरद ऋतुको आगमनसँगै विस्तारै दिन छोटो र रात लम्बिँदै जान्छ । र, चिसो पनि बढ्दै जान्छ । दसैँको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औँसी नजिक हुँदै जान्छ ।

धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनवास पूरा गरी फर्किँदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो ।

अयोध्यावासीले भगवान् श्रीराम, लक्ष्मण र सीताको आगमनको खुसीयालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेका वर्ष सोही तिथिमा दीपावली गरिएको विश्वास गरिन्छ । यसका साथै कुवेर र माता लक्ष्मिको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ ।

औँसीको रात भनेको कालो रात हो । यस रात दियो जलाउँदा उज्यालो छाउँछ । तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्वपूर्ण छ । त्यसैले तिहारले अन्धकारलाई परास्त गर्दै उज्यालोको यात्रा हो जीवन भन्ने सन्देश दिन्छ तिहारले ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ३ : ०९ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक