आगलागीबाट गोरखामा आमाछोराको मृत्यु « Khabarhub

आगलागीबाट गोरखामा आमाछोराको मृत्यु


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका प्रनाउ श्रेष्ठले बताए ।

आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी भएको खबर थाहा पाउने वित्तिकै घटनास्थलमा पुगेर स्थानीयवासीले निभाउने प्रयास गरे पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ थियो ।

घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ४ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको