काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा « Khabarhub

काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ ले खुसी व्यक्त गरेको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ ।

सडकमा अलपत्र असहाय गाईबाच्छालाई संराक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरुलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न गरे ।

गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उनले आग्रह गरे । अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरुले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : १० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम