काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा « Khabarhub

काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ ले खुसी व्यक्त गरेको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ ।

सडकमा अलपत्र असहाय गाईबाच्छालाई संराक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरुलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न गरे ।

गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उनले आग्रह गरे । अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरुले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : १० बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक