कोरियाली राजदूत लुम्बिनीमा | Khabarhub Khabarhub

कोरियाली राजदूत लुम्बिनीमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताई योङ पार्क लुम्बिनी पुगेका छन् । राजदूत पार्कले लुम्बिनी पुगेर कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लान्ट, निर्माणाधीन हुण्डाई एसेम्बल प्लान्ट, बेलहिया सीमा नाका र बुद्धजन्मस्थलको पनि अवलोकन गरेका छन् ।

दुई दिने भ्रमणमा रूपन्देही पुगेका उनले नवलपरासीको रामग्राम नगरपालिकास्थित गोल्छा अर्गनाइजेशनअन्तर्गत कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लान्टको अवलोकन गरेका हुन् ।

उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लान्टकोसमेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकनपश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी सिर्जना गर्न सकेकोमा खुशी व्यक्त गरे ।

कोरियाकै ठूलो व्यापारिक प्रतिष्ठानमध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लान्टका कारण यस क्षेत्रमा राजगारीको अवसर सिर्जना भई सरकार र सरकारबीच एवम् व्यवसायिक प्रतिष्ठानबीच पनि सम्बन्ध विस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताए ।

यससँगै राजदूत पार्कले सोही प्राङ्गणमै रहेको बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट र २ मेगावाटको सौर्य ऊर्जाको पनि अवलोकन गरेका थिए । सोपश्चात प्लान्ट परिसरमा राजदूत पार्कले वृक्षारोपण समेत गरे ।

राजदूत पार्कले नवलपरासीमै निर्माणाधीन अवस्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्रा.लीअन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गरेका थिए । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले राजदूत पार्कलाई सोबारे गराएका थिए ।

अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ५० बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा