लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड « Khabarhub

लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनाममा लागूपदार्थ तस्करी गरेको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागूपदार्थसम्बन्धी कानूनहरू छन् र यसबारे सुनुवाइ एवम् अन्य अदालती प्रक्रिया अत्यन्त गोप्य तरिकाले हुने गरेको छ ।

सरकारी मिडियाले जनाएअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो ।

५८ वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ । हो चि मिन्ह सहर पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो ।

उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैध रूपमा २ सय १६ किलोग्रामभन्दा बढी लागूपदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागूपदार्थ’ बरामद गरिएको उल्लेख छ । समाचारमा जनाइएअनुसार उक्त लागूपदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सहरसम्म गरिएको थियो । तीमध्ये केही उक्त सहरमै प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया तस्करी गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ५८ बजे

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते

एनपीएलको दोस्रो क्वालिफायरमा टस जितेको चितवनले सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स

मधेसमा नयाँ सरकार गठन अन्योलमा, नेतृत्वको विषयमा दलहरूबीच सहमति जुटेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा

काभ्रेमा विदेशी नागरिकको शंकास्पद गतिविधि, निगरानी बढाइँदै

काभ्रेपलाञ्चोक–   काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शंकास्पद

रुग्ण हुलाकको नागरिक सेवामुखी फड्को, अन्तर्राष्ट्रिय बजारमा पनि बढाउँदैछ उपस्थिति

काठमाडौँ– सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको