लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड | Khabarhub Khabarhub

लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनाममा लागूपदार्थ तस्करी गरेको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागूपदार्थसम्बन्धी कानूनहरू छन् र यसबारे सुनुवाइ एवम् अन्य अदालती प्रक्रिया अत्यन्त गोप्य तरिकाले हुने गरेको छ ।

सरकारी मिडियाले जनाएअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो ।

५८ वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ । हो चि मिन्ह सहर पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो ।

उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैध रूपमा २ सय १६ किलोग्रामभन्दा बढी लागूपदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागूपदार्थ’ बरामद गरिएको उल्लेख छ । समाचारमा जनाइएअनुसार उक्त लागूपदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सहरसम्म गरिएको थियो । तीमध्ये केही उक्त सहरमै प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया तस्करी गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ५८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका