लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड « Khabarhub

लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

हनोई- भियतनाममा लागूपदार्थ तस्करी गरेको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागूपदार्थसम्बन्धी कानूनहरू छन् र यसबारे सुनुवाइ एवम् अन्य अदालती प्रक्रिया अत्यन्त गोप्य तरिकाले हुने गरेको छ ।

सरकारी मिडियाले जनाएअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो ।

५८ वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ । हो चि मिन्ह सहर पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो ।

उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैध रूपमा २ सय १६ किलोग्रामभन्दा बढी लागूपदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागूपदार्थ’ बरामद गरिएको उल्लेख छ । समाचारमा जनाइएअनुसार उक्त लागूपदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सहरसम्म गरिएको थियो । तीमध्ये केही उक्त सहरमै प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया तस्करी गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : ५८ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि