काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै « Khabarhub

काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै जान थालेको छ ।

तिहारमा खेलिने देउसी र भैलोको आफ्नै महत्व र मान्यता भएपनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुँदै गएको पाइएको हो । कतै भने सामुहिक रुपमा देउसी भैलो खेलेर सामाजिक कामहरु गरेको पनि पाइन्छ ।

लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरी गाइने गाथालाई भैलो भनिन्छ । भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन् ।

त्यसको भोलिपल्ट देउसी चलन रहिआएको छ । गोवर्द्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ । देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ ।

पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवतार रूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको कथन छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावली सहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो शुरु गर्दछन् । श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन् । भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ०५ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६