इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुकालाई स्टेजबाटै फिल्मको अफर | Khabarhub Khabarhub

इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुकालाई स्टेजबाटै फिल्मको अफर


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ । दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

मेनुकाको गायनबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका छन् ‘एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’ को कथावस्तुमा आधारित हुनेछ ।’

इण्डियन आइडलको मञ्चमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भइरहेको छ । फिल्मको प्रपोज भएपछि जज् पनि खुशि भएर ताली बजाएका छन् ।

उनको स्वरको तुलना लता मंगेशकरको आवाजसँग गर्न थालिएको छ । अहिले उनी टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : ४८ बजे

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा