दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइयो, नवलपरासी जीप दुर्घटनामा मृतकको सङ्ख्या ७ पुग्यो, महाकवि देवकोटाकाे जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो, यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो नहुने, महिला टी-२० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थानलगायतका समाचारले प्रमुख स्थान पाए ।

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लागेकाले एकै दिन मनाइएको हो । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गरिएको हो ।

भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष पूजाआराधना सम्पन्न

भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न भएको छ ।

आइतबार लक्ष्मीपूजाका अवसरमा विशेष रुपमा पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न भएको हो । पाँचलक्ष्मीको विधिवत रुपमा पूजा आराधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो ।

नवलपरासी जीप दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ७ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो ।

काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै

पछिल्लो समय काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै जान थालेको छ ।

तिहारमा खेलिने देउसी र भैलोको आफ्नै महत्व र मान्यता भएपनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुँदै गएको पाइएको हो । कतै भने सामुहिक रुपमा देउसी भैलो खेलेर सामाजिक कामहरु गरेको पनि पाइन्छ ।

महाकवि देवकोटाकाे जन्मजयन्ती : विविध कार्यक्रम गरी मनाइयो

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ । लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गरेका थिए ।

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गरे । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताए ।

त्रिभुवन विमानस्थलमा उडानको चाप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने । महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए ।

यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो नहुने

यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।

महिला टी-२० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि २० शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जानिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाको दिन ताञ्जानियासँग खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ०६ बजे

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा