‘सङ्घीयता कार्यान्वयनमा कानुन निर्माण आवश्यक’ | Khabarhub Khabarhub

‘सङ्घीयता कार्यान्वयनमा कानुन निर्माण आवश्यक’


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सङ्घीयता कार्यान्वयनका लागि प्रदेशले आफ्नो ऐन, नीति, कानुन निर्माणलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवहरूका लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले अब प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा सहजता हुने विश्वास व्यक्त गरे ।

ऐन, नीति, कानुन निर्माणदेखि विधेयक निर्माणसम्ममा सहजता प्रदान गर्न अभिमुखीकरण सफल हुने जनाउँदै उहाँले बागमती प्रदेशसभाका सबै गतिविधि अन्य प्रदेशको भन्दा अगाडि र सिकाइका लागि नमूना बन्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्वउपसभामुख पुष्पा भुसालले स्थलगत संसदीय निगरानीको विधि र प्रक्रियाका बारेमा सहभागीलाई जानकारी गराएकी थिइन् ।

प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका पूर्वसभापति कृष्णभक्त पोखरेलले कानुन निर्माणको अवधारणा, आवश्यकता र महत्वसहित कानुन निर्माणमा विषयगत समितिको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रभावकारी समिति सञ्चालनमा सभापति र सचिव तथा सचिवालयको भूमिकाका अहं हुने बताए ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य एवं अधिवक्ता मीन विश्वकर्माले संसदीय निगरानी निरन्तर गर्नुपर्ने जनाउँदै समितिको भूमिका प्रभावकारी हुनुपर्ने औँल्याए । संसदीय निगरानीको अवधारणा, अर्थ, उद्देश्य, आवश्यकता र महत्वका बारेमा चर्चा गर्दै उनले सरकारी आश्वासनको निगरानी, सरकार वा सम्बन्धित निकायको ढाँचाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा बागमती प्रदेशसभाका प्रदेश मामिला समिति पूर्वसभापति माधव पौडेल, प्रदेशसभाका लेखा समितिका पूर्वसभापति न्हुच्छेनारायण श्रेष्ठले विगतमा समितिका सभापति भएर गरेका कामका अनुभव सुनाउँदै यहाँका चुनौती र अवसरका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ५९ बजे

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज