युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने | Khabarhub Khabarhub

युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दैछन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुगेका जेलेन्स्कीले भेटका क्रममा थप सैन्य सहयोगका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ ।

यसअघि अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकिर गरे ।

राजनीतिक विवादका कारण दशौँ लाख डलरको सहायता प्याकेज सम्बन्धी विधेयक अमेरिकी संसदमा अल्झिएको प्रति संकेत गर्दै उनले यस्तै अवस्था रहने हो भने त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको समूहलाई मात्रै फाइदा पुग्ने बताएका थिए ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ३९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले