स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै | Khabarhub Khabarhub

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ । सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ ।

दिगो विकास एजेण्डाले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । दिगो विकास परिलक्ष्यले कुनै आर्थिक कठिनाइबिना सबैले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिन्छ । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार नै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने लक्ष्य लिएको छ ।

स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा. पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

‘स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनु भन्ने हो’, उनले भने ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने, लाभका अवसरबाट पछि परेका र सङ्कटासन्न अवस्थामा रहेका विभिन्न समूहको हकमा स्वास्थ्य सेवा पहुँचमा असमानता रहनु मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : २७ बजे

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने  

काठमाडौं– सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन

क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गर्दै माइतीघर मण्डलमा स्वतन्त्र

नेपालप्रति ओ‌लीको कटाक्ष : एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ

काठमाडौं – प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

किशोरीको तस्बिरलाई अश्लील बनाएर फेसबुकमा पोस्ट गर्ने शिक्षक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा