डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु « Khabarhub

डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– आतंकवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्युजले आज उल्लेख गरेको छ। प्रहरीका अनुसार आतंककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए। 

आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ । यसैबीच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् ।

आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ । घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठूलो टोली पुगेको छ ।

आतंकवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परीक्षा स्थगित गरिएका छन्। एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन। 

अक्टोबरको शुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतंकवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए। डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए। 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ०७ बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई