अलैँचीको मूल्य बढ्यो « Khabarhub

अलैँचीको मूल्य बढ्यो


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो । 

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए। उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्यांक छ ।  

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ ।

 अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ । 

नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ३० बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका