कङ्गारुमा माग्ने बुढा र अर्पणको प्रवेश « Khabarhub

कङ्गारुमा माग्ने बुढा र अर्पणको प्रवेश


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’मा माग्ने बुढा र अर्पण थापा अनुबन्धित भएका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले साइन गरेका थिए ।

केदारको प्रवेशसँगै फिल्मको अर्को प्रमुख पात्रमा अर्पण थापाले पनि साइन गरेका छन् । थापा र यो फिल्मको निर्माण पक्षबीच मंगलबार औपचारिक रूपमा सम्झौता भएको हो ।

यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रूपमा छन् ।

फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी(अस्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अस्ट्रेलिया) रहेको छ ।

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको