अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ « Khabarhub

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रुपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय सञ्जय मैतीलाई  प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टि भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ४४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले