अवैध लागूऔषधसहित सात जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित सात जना पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापाकाे दमक नगरपालिका-३ बेलडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई ग्राम र नगद १४ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने २४ वर्षीय भीम बहादुर राई र २१ वर्षीय विकास घले रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै बुद्धशान्ति गाउँपालिका-३ र मेचिनगर नगरपालिका-१२ को सिमानाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्रामसहित मेचिनगर नगरपालिका-१३ तेलीबारी चोक घर भएका ३८ वर्षीय पवित्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.९ प ५०९२ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक राजवंशीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ स्थित फनपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २५ वर्षीय विजय बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब १४ किलो ९ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका-४ डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ४४८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-९ शिवटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय जिवन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : १६ बजे

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो