‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न « Khabarhub

‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा भएको समापन समरोहमा राजन कठेत र सुनिल पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट वृतचित्रतर्फको पुरस्कार जितेको छ ।

आयोजक संस्था मानव अधिकारी चलचित्र केन्द्रका अध्यक्ष विष्णुबहादुर खत्रीले चलचित्रकर्मी र मानव अधिकारकर्मीको साथ र सहभागिताले महोत्सव सफल भएको बताए । ‘चारदिने महोत्सवले विश्वभर मानव अधिकारका विषयमा निर्माण गरिएका छोटा चलचित्र तथा वृत्तचित्रसँग साक्षात्कार गरायो । यसले हाम्रा चलचित्रकर्मीलाई सघायो भन्नेमा विश्वस्त छौँ’, उनले भने ।

महोत्सवमा ‘चलचित्र विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकारः अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल हुनाका साथै फोटो प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा नेपालसहित २७ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ०० बजे

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं– सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१