‘भुल भुलैया ३’मा कार्तिकको जोडी रुपमा साराको चर्चा « Khabarhub

‘भुल भुलैया ३’मा कार्तिकको जोडी रुपमा साराको चर्चा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा छ । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा सारा अली खानलाई काष्ट गरिने चर्चा चलिरहेको छ ।

यी दुईले यसअघि सन् २०२० मा आएको इम्तियाज अलीको फिल्म लभ आजकलमा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको दौरान दुबैले एक अर्कालाई डेट गरिरहेका थिए । तर पछि यिनीहरुको ब्रेक अप भयो ।

एउटा रिपोर्टका अनुसार यस हरर–कमेडी फिल्मको सुुटिङ सन् २०२४ को फेब्रुअरीदेखि शुरु हुनेछ । फिल्ममा कार्तिक र सारा साथमा देखिन सक्ने बताइएको छ । मेकरहरुले यही मार्चमा फिल्मको घोषणा गरेका थिए । फिल्म आगामी वर्षको दिवालीमा रिलिज गर्ने योजना भएको बताइएको छ ।

भुल–भुलैया २ को सफलतापछि निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमारले यो फ्रेन्चाइजीको तेस्रो पार्टमा काम गरिरहेका छन् । फिल्मको स्क्रिप्ट पूरा भइसकेको छ ।

यो फिल्मलाई लिएर कार्तिक र सारा दुबै एक्साइटेड भएको बताइएको छ । यो फिल्मबाट दुबैले आपसी सम्बन्ध सुधारर्ने कोशिश गरिरहेको बताइएको छ ।

हालै कफी विथ करणको आठौं सिजनमा साराले कार्तिकसँग आफ्नो ब्रेक–अपबारे कुराकानी गरेकी थिइन् । यो कुराले कार्तिक सारासँग चिढिएका थिए ।

अन्य अन्तरवार्तामा पनि साराले मिडियाले कामभन्दा धेरै आफ्नो सम्बन्धको चर्चा गरेको भन्दै कार्तिकसँगको सम्बन्धमा ब्रेक–अपको दोष मिडियालाई लगाएकी थिइन् । यतिबेला कार्तिक आर्यन चन्दू च्याम्पियनमा बिजी छन् । गएको वर्ष रिलिज भएको भूल भुलैया २ कार्तिकको सबैभन्दा हिट फिल्ममध्ये एक थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ३७ बजे

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी

ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी