‘भुल भुलैया ३’मा कार्तिकको जोडी रुपमा साराको चर्चा « Khabarhub

‘भुल भुलैया ३’मा कार्तिकको जोडी रुपमा साराको चर्चा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा छ । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा सारा अली खानलाई काष्ट गरिने चर्चा चलिरहेको छ ।

यी दुईले यसअघि सन् २०२० मा आएको इम्तियाज अलीको फिल्म लभ आजकलमा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको दौरान दुबैले एक अर्कालाई डेट गरिरहेका थिए । तर पछि यिनीहरुको ब्रेक अप भयो ।

एउटा रिपोर्टका अनुसार यस हरर–कमेडी फिल्मको सुुटिङ सन् २०२४ को फेब्रुअरीदेखि शुरु हुनेछ । फिल्ममा कार्तिक र सारा साथमा देखिन सक्ने बताइएको छ । मेकरहरुले यही मार्चमा फिल्मको घोषणा गरेका थिए । फिल्म आगामी वर्षको दिवालीमा रिलिज गर्ने योजना भएको बताइएको छ ।

भुल–भुलैया २ को सफलतापछि निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमारले यो फ्रेन्चाइजीको तेस्रो पार्टमा काम गरिरहेका छन् । फिल्मको स्क्रिप्ट पूरा भइसकेको छ ।

यो फिल्मलाई लिएर कार्तिक र सारा दुबै एक्साइटेड भएको बताइएको छ । यो फिल्मबाट दुबैले आपसी सम्बन्ध सुधारर्ने कोशिश गरिरहेको बताइएको छ ।

हालै कफी विथ करणको आठौं सिजनमा साराले कार्तिकसँग आफ्नो ब्रेक–अपबारे कुराकानी गरेकी थिइन् । यो कुराले कार्तिक सारासँग चिढिएका थिए ।

अन्य अन्तरवार्तामा पनि साराले मिडियाले कामभन्दा धेरै आफ्नो सम्बन्धको चर्चा गरेको भन्दै कार्तिकसँगको सम्बन्धमा ब्रेक–अपको दोष मिडियालाई लगाएकी थिइन् । यतिबेला कार्तिक आर्यन चन्दू च्याम्पियनमा बिजी छन् । गएको वर्ष रिलिज भएको भूल भुलैया २ कार्तिकको सबैभन्दा हिट फिल्ममध्ये एक थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ३७ बजे

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न