भक्तपुर र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध « Khabarhub

भक्तपुर र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

लशान नगरपालिका उपप्रमुख लेइ चियनसिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार दुवै नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायत क्षेत्रमा सहयोग आदानप्रदान हुनेछ ।

लशान नगरपालिकाका उपप्रमुखले दुई नगरबीचको सहकार्यबाट आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

त्यसअघि चिनियाँ टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्र, ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको भ्रमण गरेकोे थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : २२ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि