जब श्रीदेवीले अमिताभसँग काम नगर्ने घोषणा गरिन् « Khabarhub

जब श्रीदेवीले अमिताभसँग काम नगर्ने घोषणा गरिन्


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अमिताभ बच्चनलाई कतिपयले बलिउडको महानायक भन्छन् । उनीसँग काम गर्न कुनचाहिँ कलाकारको चाहाना नहोला र ? तर एउटा समय यस्तो पनि थियो, बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न मानिनन्।

अमिताभसँग जिन्दगीभर काम गर्दिन् भनेर श्रीदेवीले कसम नै खाएको भन्ने हल्ला सुन्न पाइन्छ । श्रीदेवी र अमिताभ सन् १९८६ मा आखिरी रास्तामा सँगसँगै देखिएका थिए । यहि बेला अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न ठाडै अस्वीकार गरिदिइन् ।

श्रीदेवीले पत्रकारहरुको सामु नै अमिताभसँग काम नगर्ने घोषणा गरेकी थिइन् । अमिताभको फिल्ममा हिरोइनले खासै राम्रो भूमिका नपाउने श्रीदेवीको मनमा परेको थियो । त्यसैले सुरुमा खूदा गवाह फिल्मको अफर आउँदा श्रीदेवीले ठाडै अस्वीकार गरेकी थिइन् ।

खूदा गवाह फिल्ममा आफ्नो जोडी श्रीदेवीसँगै बाँधियोस् भन्ने अमिताभको चाहना थियो । फिल्मका लागि श्रीदेवीलाई जसरी पनि मनाउनु थियो । अनि अमिताभले ट्रकभरी गुलाबको फूल श्रीदेवीका लागि पठाए । यो देखेर श्रीदेवी खुसी भइन् । अमिताभसँगको असन्तुष्टि बिर्सिएर फिल्ममा काम गर्न राजी भइन् । तर श्रीदेवीले एउटा शर्त राखिन् । शर्त के थियो भने फिल्ममा उनको दोहोरो भूमिका हुनेछ ।

खुदा गवाहमा श्रीदेवीले आमा र छोरी दुबैको भूमिका निर्वाह गरेकी थिइन् । सन् १९९२ मा आएको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । दुबै भूमिकामा श्रीदेवीलाई दर्शकहरुले निकै मन पराए । खुदा गवाह श्रीदेवी र अमिताभको तेस्रो फिल्म थियो ।

स्रोत: एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ५७ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि