जाडोमा शरीर न्यानो राख्न कस्तो खानेकुरा खाने ? | Khabarhub Khabarhub

जाडोमा शरीर न्यानो राख्न कस्तो खानेकुरा खाने ?



काठमाडौँ – जाडो यस्तो मौसम हो, जहाँ खानामा अरुचि हुनेहरुलाई पनि खाना रुच्ने गर्छ। सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन्।

जाडो मौसममा राम्रोसँग खान जानिएन भने धेरै समस्याले सताउन सक्छ। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो हामीले स्वास्थ्यप्रति सजग रहेर खानपिनमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध थपिने छ।

यो मौसममा हामीले अदुवा, काजु, पिस्ता र बदाम, आलस, बेसार,सुप, चिकेन सुप जस्ता बस्तु सेवन गर्न सक्छौ। अदुवा सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ।

बहुऔषधिको गुण भएको अदुवाले शरीर दुखाइदेखि लिएर स्त्री रोगका विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ। जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ। जाडोमा त्यसै काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ।

काजु, बदाम र पिस्ता दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।

आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने। खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने। आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ।

बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्‍याउँछ। जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ। जाडोमा सुप बनाएर खानुपर्छ। सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो। त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ।

गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ। यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ। चिकेन सुपले शरीरलाई तातो दिन्छ। तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सकिन्छ।

जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ। कम चिनी हालिएको गाजरको खीर खानुपर्छ। सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ। यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ।

अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन्। घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ।

पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ। बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ।

जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ। मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ।

खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ।

मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ।

जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ। जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन।

उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ। अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन्।

जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन्। प्राय: मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन। जसले गर्दा धेरै समस्या देखापर्छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ४० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको