बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा | Khabarhub Khabarhub

बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ । अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

किंग्स फहाद अन्तर्राष्ट्रिय स्टेडियममा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा भएको थियो ।

४०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा फिकिरको गोलमा बेटिस खेलमा फर्किएको थियो । ९३औं मिनेटमा अंशु फातीले गरेको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो । एक सय एक मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे भने बेटिसका जस र मोरोनले मात्र गोल गरे । योआन्मी र कार्भाहालोले प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले रोकेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : १७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल