मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन « Khabarhub

मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन्। पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन्।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घरघडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग अन्यत्रबाट लैजान माग गर्दै आन्दोलन गरेका हुन्।  नेपाल भारत सीमा पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने पहाडैपहाड भएर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम म्याङलुङ हुँदै बसन्तपुर बजारसम्म आइपुगेको छ।

बजार क्षेत्र प्रवेश गर्ने चरणमा रहेको लोकमार्गको सर्भेको काम सम्पन्न भएर प्रारम्भिक वातावरणीय अध्ययनको काम सुरु गर्ने तयारी भइरहेका बेला केही बजारबासीले विरोध जनाएर प्रदर्शन गरेका हुन्। बीच बजारबाट लोकमार्ग निर्माण हुँदा यसअघि निर्माण भइसकेका घर भत्काउनुपर्ने अवस्था आउने र आफूहरु घरवारविहीन हुने भन्दै बजारबासीले लोकमार्ग निर्माणस्थलको विकल्प खोजी गर्नुपर्ने स्थानीय कृष्ण बस्नेतले बताए।

बीच बजारबाट लोकमार्ग निर्माण हुँदा मुख्य चोकको घर भत्काउनुपर्ने र आफूहरूको धेरै नोक्सान हुने विरोधमा उत्रिएका स्थानीय चुडामणि अधिकारीले बताए। लोकमार्ग बजार क्षेत्रभन्दा दायाँबायाँ गरेर निर्माण गर्नुपर्ने माग आफूहरूको रहेको अधिकारीको भनाइ छ। बीच बजारबाट लोकमार्ग विस्तार भएर बजार क्षेत्रका एक सय बढी घरको अगाडिको भाग काट्नुपर्ने विरोधमा उत्रिएका स्थानीयको दाबी छ।

बजारबासीले लोकमार्ग विस्तार गर्दा बजार क्षेत्रका घरमा क्षति नपुर्‍याई विस्तार गर्नुपर्ने वा हाल कायम रहेको सडकलाई नै प्रयोगमा ल्याउनुपर्ने आफूहरूको माग रहेको उद्योग वणिज्य संघ उपशाखाका अध्यक्षसमेत रहेको स्थानीय रोशन सुवेदीले वताए। बजार क्षेत्रभित्र कति मिटर सडक कायम हुने भन्ने आधिकारिक जानकारीसमेत आफूहरुलाई लोकमार्ग आयोजना पक्षले नदिएको स्थानीयको महेन्द्र गुरुङको भनाइ छ।

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) योजना कार्यालय पाँचथरले भने यसअघि नै सम्बन्धित क्षेत्रका प्रभावित बासिन्दा र जनप्रतिनिधिसँग पटकपटक छलफल गरेर काम अघि बढाएको जनाएको छ। योजना प्रमुख अर्जुनकुमार बमले बजार क्षेत्रको छोटो दूरीमा मात्र केही घरमा न्यून क्षति पुग्ने र त्यसका लागि योजना कार्यालयले क्षतिपूर्तिको व्यवस्था पनि गरेको बताए। योजना प्रमुख बमका अनुसार बजार क्षेत्रमा ११ देखि १२ मिटरको चौडा सडक हुनेछ। यसअघि वजार क्षेत्रमा निर्माण भएको अधिकांश सडक ९ देखी १० मिटरसम्मको रहेको र थोरै मात्र सडक विस्तार गर्दा हालका लागि सडक पुग्ने योजना प्रमुख बमले बताए। स्थानीयको मागअनुसार लोकमार्ग अन्यत्र स्थानबाट लैजान सम्भव नहुने र बीच बजारबाटै जाने बमको भनाइ छ।

बसन्तपुर सरकारले पहाडबाट तराई र सुविधा सम्पन्न स्थानमा हुने बसाई सराई रोक्ने उद्देश्यले घोषणा गरेको नयाँ सहरसमेत हो। बसन्तपुरमै नयाँ सहर आयोजना कार्यालय स्थापना भएर पूर्वाधार निर्माणको कामसमेत भइरहेको छ। लोकमार्ग योजना कार्यालयले बजार र सडक चौडा हुने स्थानको प्रारम्भिक वातावरणीय अध्ययनका लागि फिल्ड सर्भेको कामसमेत थालेको छ। योजना कार्यालयले त्यसका लागि छिन्नमस्ता मल्टी इन्जिनियरिङ सोलुसन प्रालिसँग सम्झौता गरेको छ। प्रालिले बिहीबारबाट काम पनि सुरु गरेको प्रतिनिधि चिरञ्जिवी काफ्लेले बताए।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : १० बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का