भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न डब्लुएचओको आग्रह « Khabarhub

भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न डब्लुएचओको आग्रह


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  भारतमा उत्पादित‘कफ सिरप’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका भएपछि उक्त ‘कफ सिरप’ प्रयोग नगर्न अग्रह गरेको हो । 

डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।

कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो । त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

उज्बेकिस्तानको गुणस्तर नियन्त्रण प्रयोगशालाले सिरपको नमूनाको विश्लेषण गर्दा ‘डाइथिलीन ग्लाइकोल’ वा ‘इथिलीन ग्लाइकोल’को अस्वीकार्य मात्रा प्रदूषकहरूको रूपमा रहेको पाइएको डब्ल्यूएचओले जनाएको छ । डाइथिलीन ग्लाइकोल’‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि  प्राणघातक साबित हुन सक्छ ।

‘यी दुवै उत्पादनहरूले यस क्षेत्रका अन्य देशहरूमा मार्केटिङ अनुमति प्राप्त गरेका हुन सक्छन् अनौपचारिक बजारमार्फत अन्य देश वा क्षेत्रमा पनि वितरण गरिएको हुन सक्ने हुँदा यसको प्रयोग नगर्न सुझाब दिइएको ‘ डब्लुएचओले भनेको छ ।

‘ती उत्पादनहरू ‘असुरक्षित पाइएको छ र विशेष गरी बालबालिकाहरूमा यसको प्रयोगले उनीहरूको स्वास्थ्यमा गम्भीर आघात वा मृत्यु हुन सक्छ’।  विज्ञप्तिमा भनिएको छ ।

मेरियन बायोटेकका अधिकारीहरूसँग यसबारे प्रतिक्रियाका लागि एएफपीले प्रयास गरेको तर तत्काल सम्पर्क हुन सकेन । गत अक्टोबरमा डब्लुएचओले गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को फर्मको औषधिलाई जोडेपछि नियामकहरूको अनुसन्धानको सामना गर्ने यो दोस्रो भारतीय औषधि निर्माता कम्पनी हो ।

मेडन फर्मास्युटिकल्सले विषाक्त खोकी र रुघाखोकीको औषधि उत्पादन गरेको आरोप लागेको थियो जसका कारण अफ्रिकी देशमा कम्तीमा ६६ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि सेवन गरेका पाँच महिनादेखि चार वर्षसम्मका ती बालबालिकाको मृगौला फेल भएर मृत्यु भएको हो । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : १६ बजे

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुरा भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा