पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता « Khabarhub

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उनले जानकारी दिए ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेका छन् । 

कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए। 

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले उल्लेख गरे। उनका अनुसार कार्यालयले चालु आवको पाँच महिनामा विभिन्न शीर्षकमा ८८ लाख ८५ हजार ६०० राजस्व संकलन गरेको छ । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ३९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट