दाङ खाद्यान्नमा आत्मनिर्भर, दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन « Khabarhub

दाङ खाद्यान्नमा आत्मनिर्भर, दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्यांक अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको  छ । यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको  केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार जिल्लामा रहेको जनसङ्ख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ । तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ । मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन् । धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ । जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र जिल्लामा मसिनो चामल आउने गरेको पाइएको छ ।  

प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक दुई सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउँछन् ।  जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन हुने गरेको छ । केन्द्रको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७८-८९ मा ३३ हजार पाँच सय ४० मेट्रिक टन खाद्यान्न बचत भएको थियो ।  जिल्लामा कूल आवश्यक पर्ने प्रशोधित खाद्यान्न एक लाख ३५ हजार नौ सय ३२ मेट्रिक टन रहेको कृषि अर्थविज्ञ लामिछानेको भनाइ रहेको छ । खानका लागि प्रयोग हुने उपलब्धता खाद्यान्न एक लाख ६९ हजार चार सय ७२ मेट्रिक टन रहेको उनले बताए ।  २०७८ सालको जनसङ्ख्याको प्रारम्भिक नतिजाअनुसार ६ लाख ७६ हजार दुई सय ७७ रहेको थियो । जिल्लाको जनसङ्ख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । 

जिल्लामा धान खेती ३९ हजार चार सय हेक्टरमा खेती हुने गरेको छ । यसमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ । बीउका लागि एक हजार नौ सय ७० मेट्रिक टन,  खानयोग्य ७८ हजार सात सय २३.२२ मेट्रिक टन, अखाद्य प्रयोग तीन हजार नौ सय ३६.१६ मेट्रिक टन, दानामा प्रयोग तीन सय ९३.६ मेट्रिक टन हुने गरेको छ भने प्रशोधित, नोक्सानी भएर बाँकी ७४ हजार तीन सय ९३.४ मेट्रिक टन रहने गरेको छ । आर्थिक वर्ष ०७८- ७९ मा जिल्लामा वर्षातका कारण २७ हजार मेट्रिक टन धानमा क्षती पुगेको थियो । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ५७ बजे

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु